Comments Add Comment

अमेरिकालाई अफगानिस्तानको विषयमा निर्णय गर्ने अधिकार छैन : राष्ट्रपति घानी

अमेरिका–तालिवान सम्झौता कार्यान्वयनमा आशंका

अमेरिका र तालिवानको बीचमा भएको सम्झौता कार्यान्वयन हुनेमा आशंका देखिएको छ । अफगानिस्तानी राष्ट्रपति अशरफ घानीले यो सम्झौतामा उल्लेख गरिएको शर्त पुरा गर्न नसकिने बताएका हुन् ।

घानीले सम्झौतामा उल्लेख गरिएजस्तो पाँच हजार तालिवानी कैदी रिहा गर्न नसकिने बताएका हुन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दैै राष्ट्रपति घानीले अफगानिस्तानको सरकारले पाँच हजार तालिवानी कैदी रिहा गर्ने वाचा नगरेको बताए ।

शनिबार मात्र कतारको दोहामा अमेरिका र तालिवानबीच सम्झौता भएको थियो ।

१८ महिनाको वार्तापछि करिब २० वर्षको युद्ध रोक्न अमेरिका र तालिवानको बीचमा उक्त सम्झौता भएको थियो । सम्झौतामा अमेरिका र नाटोका सदस्य राष्ट्रले अफगानिस्तानबाट सेना फिर्ता गर्ने र तालिवानले अर्को मुलुकमा आक्रमण गर्न अफगानिस्तानको भूमि प्रयोग नगर्ने उल्लेख छ ।

अफगानिस्तानमा आन्तरिक छलफलको माध्यमबाट यो सम्झौता कार्यान्वयन हुने र शान्ति स्थापनाको ठूलो अपेक्षा छ । यसअघि तानिवानले अफगानिस्तानको सरकारसँग वार्ता गर्न अस्वीकार गरेको थियो ।

अफगानिस्तान अमेरिकाको कठपुतली बनेको भन्दै सरकारसँग वार्ता नगर्ने उसको अडान थियो । सम्झौताका चारबुँदा कार्यान्वयनको लागि मार्च १० को मिति तोकिएको छ ।

यो मितिमा अफगानिस्तानको सरकारसँग वार्ता र कैदी बन्दी रिहा गरिने उल्लेख छ । जसमा सरकारले ५ हजार तालिवानी कैदी रिहा गर्नुपर्नेछ । तालिवानले पनि बन्धक बनाइएका एक हजार मानिसलाई रिहा गर्नेछ ।

आफगान राष्ट्रपति घानीले भने अमेरिकालाई अफगानिस्तानको विषयमा निर्णय गर्ने अधिकार नरहेको बताएका छन् । अमेरिका मध्यस्थकर्ता मात्रै रहेकाले उसले उसले गरेको निर्णय नमान्ने उनको भनाइ छ । घानीको यो भनाइले अफगानिस्तानमा शान्ति पुनःस्थापना हुनुभन्दा पहिला नै अवरोध सिर्जना गरेको छ ।

आफगान राष्ट्रपति घानीले भने अमेरिकालाई अफगानिस्तानको विषयमा निर्णय गर्ने अधिकार नरहेको बताएका छन् ।

अफगानिस्तानमा तालिवानले अहिलेसम्म कै सबैभन्दा धेरै क्षेत्रमा कब्जा जमाएको छ । दैनिकजसो सैन्य पोस्टमाथि आक्रमण पनि हुँदै आएका छन् । यसअघि सन् २०१९ को सेप्टेम्बरमा अमेरिका र तालिवानको बीचमा शान्ति सम्झौतामा हस्ताक्षरको तयारी गरिएको थियो ।

तर, तालिवानले अमेरिकी सेनालाई मारेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्ता रद्द गरेका थिए । ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने र अफगान युद्धको अन्त्य गर्ने इच्छा देखाउँदै आएका छन् । यसै वर्ष अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनका लागि पनि यो एउटा विषय बनाउने उनको दाउ छ ।

सन् २००९ यता अफगानिस्तानको युद्धमा एक लाखभन्दा धेरै अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको तथ्यांक छ ।

स्रोत– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment