Comments Add Comment

‘टुल्की’ छाडेकी बेनिशा मुम्बइमा ‘फिल्म मेकिङ’ पढ्दै

नायिका बेनिशा हमालले चलचित्र ‘टुल्की’ छाडेपछि यसको निर्माणपक्षले चलचित्रका लािग कलाकारको खोजी सुरु गरेको छ । यो चलचित्रको छायांकन निर्धारित समयमा सुरु नभएपछि बेनिशाले चलचित्र छाडेकी हुन् । उनले चलचित्रलाई अब समय दिन नभ्याउने समेत बताएकी छिन् ।

उसो भए, यी सुन्दरी अहिले के गर्दैछिन् भन्ने कौतुहलता उनका फ्यानमा हुनसक्छ । नायिका बेनिशा हमाल विगत ४ महिनादेखि मुम्बइमा छिन् । उनी, मुम्बइमा रहेर फिल्म मेकिङ पढिरहेकी छिन् ।

उनले मुम्बइमा रहेको ‘एफएक्स स्कुल अफ फिल्म मेकिङ’मा १५ महिनाको कोर्ष लिइरहेकी छिन् । बेनिशाका अनुसार, अझै एक बर्ष उनी मुम्बइमा नै रहनेछिन् ।

बेनिशाका अनुसार, यो कोर्ष सकेपछि के गर्ने योजना उनले बुनिसकेकी छैनन् । तर, चलचित्रमा अभिनयसँगै बेनिशाले निर्देशनमा पनि रुची राख्ने भएकाले उनी चलचित्र निर्देशनमा पनि अगाडि बढ्ने सम्भावना छ । यसैले, उनले फिल्म मेकिङको अध्ययन सुरु गरेकी हुन् ।

यसैले, पनि अझै १ बर्ष बेनिशा कुनै पनि चलचित्रमा आवद्ध नहुने पक्का छ । बेनिशाले भनिन्–‘अध्ययनको अन्तिम ३ महिना कलेजले हामीलाई राम्रो स्टूडियोमा इन्टर्नका लागि पठाउँछ ।’

बेनिशाले अब चाडै नै आफूले छोटो चलचित्र निर्देशन गर्ने समेत बताएकी छिन् । चलचित्र ‘स्वर’बाट नेपाली चलचित्रमा उदाएकी बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment