Comments Add Comment

हिमालय एयरलाइन्सले भित्र्यायो चौंथो जहाज

२० फागुन, काठमाडौं । नेपालको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले चांैथो जहाज भित्राएको छ । आफ्नो पाचौं वाषिर्कउत्सवको अवसर पारी कम्पनीले चौथो जहाज नेपाल ल्याएको हो ।

सोमबार ए ३१९-११५ विमान काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ । चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट यो जहाज काठमाडौं आएको थियो । कम्पनीले ब्राण्ड न्यू जहाज ल्याएको उल्लेख गरेको छ ।

एमएसएन ९०२०-९ एन-एजेके जहाज भित्राएसँगै अब हिमालय एयरलाइन्ससँग तीनवटा एयरबस ए३२०-२१४ र एक एयरबस ए ३१९-११५ जहाज उपलब्ध भएका छन् ।
अहिले ल्याएको यो जहाज छोटोदेखि मध्यम दूरीको उडान गर्न सक्ने एयरबस ए-३२० परिवारकै रहेको कम्पनीको भनाई छ । यो जहाजमा आठ बिजनेस क्लास र १ सय २० इकोनोमी क्लास सिट क्षमता रहेको छ ।

यो विमानले समुन्द्री सतहबाट उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलमा उडान विस्तारको योजना रहेको कम्पनीले जनाएको छ ।

विमान ए ३१९ थप गरेसँगै एयरलाइन्सले मध्यपूर्वी मुलुक र चीनमा आफ्नो बजार विस्तार गर्ने योजना समेत सार्वजनिक गरेको छ । एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीको सञ्जाल विस्तार र नयाँ रुट सञ्चालन रणनीति अनुसार जहाज ल्याइएको बताएका छन् । उनका अनुसार २०२१ सम्म ए३१९ मोडलका थप दुई विमान ल्याउने योजना रहेको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले तिब्बत र चीनका महत्वपूर्ण गन्तव्यमा कम्पनीको उपस्थिति बढाउन यो जहाज महत्वपूर्ण सावित हुने विश्वास लिइएको बताए ।

हिमालय एयरलाइन्स्ले सन् २०१६ मे ३१ बाट ए३२०-११४ सिरिजको १५८ सिट क्षमताको जहाजबाट दोहा उडान गर्दै हवाईयात्रा थालेको थियो । चार वर्षको यसअवधिमा कम्पनीले ६ मुलुकका १० गन्तव्यमा सञ्जाल बिस्तार गरिसकेको छ ।

अहिले हिमालयको उडान दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुईयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा बिस्तार भएको छ । कोरोना भाइरसका कारण चीनतर्फको उडान भने रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment