+
+
Shares

कोरोना संक्रमणको आशंकामा भर्ना भएका ४ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते १८:४७

२० फागुन, काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना (कोभिड १९) को आशंकामा भर्ना भएका ४ जनकै रिपोर्ट नेगेटिभ आएको छ ।

गत आइतबार भर्ना भएका उनीहरुलाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ ।

डिस्चार्ज हुने चारै जना नेपाली नागरिक हुन् ।

डिस्चार्ज भएका एक जना चीनबाट र अर्का तीन जना दक्षिण कोरियाबाट फर्केका व्यक्ति थिए । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने,  ‘ आज दुई जनालाई कोरोना संक्रमणको आशंकमा आइसोलेसनमा राखिएको छ ।’ आइसोलेसनमा राखिएका मध्ये एक जना दक्षिण कोरिया र अर्का एक जना मध्यपूर्वबाट आएका हुन् ।

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६५ भन्दा बढी देशमा फैलिइसकेको छ । दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?