+
+
Shares

शीघ्र स्वास्थ्यलाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १०:०६

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारणहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनीहरुका हातमा प्रधानमन्त्री ओलीको तस्वीर अंकित प्लेकार्ड छन् । प्लेकार्डमा ‘गेट वेल सुन पीएम’ लेखिएको छ । उनीहरु बाटोको एक छेउमा लामबद्ध भएर उभिएका छन् ।

प्रधानमन्त्री ओलीको बुधबार त्रित्रि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।

प्रत्यारोपण सुरु गर्नुअघि मन्त्रीहरु, नेकपाका नेताहरु, मुख्य सचिव, विभिन्न देशका राजदूतहरुले प्रधानमन्त्री ओलीलाई भेटेर मिर्गौला प्रत्यारोपण सफलताको कामना र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

अनलाइनखबर डटकम परिवारको तर्फबाट पनि प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?