Comments Add Comment

अनेरास्ववियूले मनायो सुखानी दिवस

२१ फागुन, विर्तामोड । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले झापामा सुखानी स्मृति दिवस मनाएको छ । बुधबार विहान अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङसहितको टोलीले सुखानी पुगेर झापा आन्दोलनका तत्कालीन पाँच योद्धाहरुको स्मृतिमा दिवस मनाएको हो ।

कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेता सुरेन्द्र बस्नेत र सुनिता बरालले सुखानीका सहिदहरुको योगदानको स्मरण गरेका थिए । उनीहरुले तत्कालीन झापा विद्रोहका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामनासमेत गरे ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा हत्या गरिएको थियो ।

खासगरी तत्कालीन एमालेले यिनको स्मृतिमा हरेक वर्ष कार्यक्रम गर्ने गरेको थियो । तत्कालीन विद्रोही माओवादीले भने जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ र सुखानी हत्याकाण्डको दिन फागुन २१ लाई समेटेर ८ दिनसम्म शहीद सप्ताहका रूपमा मनाउने गरेको थियो । तत्कालीन एमाले र माओवादी एकतापछि पनि यसले निरन्तरता पाउँदै आएको छ ।

झापाको सुखानीमै बुधबार नेकपाले निर्धारण गरेको श्रद्धाञ्जली तथा जनसभा भने विश्वब्यापी रुपमा फैलिएको कोराना भाइरसका कारण स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment