Comments Add Comment

प्रधानमन्त्री अस्पतालबाट फर्केपछि राष्ट्रियसभामा गौतमको मनोनयन : श्रेष्ठ

२१ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष बामदेव गौतम छिट्टै राष्ट्रियसभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरे ।

‘प्रधानमन्त्री उपचारका क्रममा भएकाले बुधबारसम्म मनोनयनका लागि कुनै निर्णय भएन । त्यसैले अहिले केही भन्न सकिएन । उहाँ उपचारबाट फर्केपछि सिफारिस गर्नुहुन्छ’, श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने भन्दै श्रेष्ठले अनावश्यक बहस नगर्न आग्रह गरे ।, ‘पार्टीको निर्णय पार्टीकै अध्यक्ष जसले बैठकमा बसेर निर्णय गर्नुभएको छ । उहाँले निर्णय लागु गर्नुहुन्न भनेर जसरी प्रचार भएको छ । त्यसप्रति विश्वास छैन’ उनले भने ।

राष्ट्रियसभामा २ वर्ष कार्यकाल पूरा भएका १८ सदस्यको स्थानमा गत माघ ९ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरु बुधबार राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् । तर राष्ट्रपतिबाट मनोनित हुने एक जना मनोनयन हुन बाँकी छ ।

नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमको नाम सिफरिस गर्ने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले असहमति जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment