+
+
Shares

एपीएफलाई हराउँदै पुलिसले जित्यो महिला भलिबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २१ गते १८:२८

काठमाडौं । एपीएफको दबदबा तोड्दै नेपाल पुलिस क्लबे छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

नेपालगञ्ज कर्भडहलमा बुधबार भएको फाइनलमा साविक विजेता समेत रहेको एपीएफलाई ३-० को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

टोलीको मुख्य स्पाइकर सरस्वती चौधरी र नेविका चौधरी घाइते भएकाले उनीहरु विनानै कोर्टमा उत्रेको एपीएफलाई पुलिसले सोझो सेटमा हराएको हो ।

विभागीय डर्बी फाइनलमा पुलिसले एपीएफलाई २५-१६, २५-१७ , २५-१८ को सेटमा पराजित गर्‍यो ।

एपीएफ १७ महिनापछि फाइनलमा पराजित भएको हो । गत वर्ष असोजमा काठमाडौंमा आदि अबाधी भलिबलको उपाधि जितेपछि एपीएफ अहिले फाइनलमा पराजित भएको हो । यस सिजन भएको अन्य प्रतियोगितामा भने एपीएफले पुलिसलाई पराजित गरेको थियो ।

पुलिसले एपीएफसँग हारको शृखंला समेत तोडेको छ । काठमाडौंमा भएको ढोपाटन डबल लिग महिला भलिबलमा एपीएफले पुलिसलाई दुई पटक हराएको थियो । यस्तै पर्वतमा भएको दिदीबहिनी कपमा पनि एपीएफले जित हात पारेको थियो ।

बुधबार नै भएको तेस्रो स्थानको लागि भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीले खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा पराजित गरेको छ । आर्मील न्यु डायमण्डलाई २५–२१, २५–२०, २५–२० को सेटमा हराउँदै तेस्रो भएको हो ।

उपाधिसँगै च्याम्पियन पुलिसले २ लाख प्राप्त गर्दा एपीएफले १ लाखमा चित्त बुझायो । तेस्रो भएको आर्मीले ५० हजार प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?