Comments Add Comment

राष्ट्रियसभामा मनोनयन पार्टीको सुझावअनुसारै हुन्छ : नेम्वाङ

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीले दिएको सुझावअनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने बताएका छन् ।

सरकारले सिफारिस गर्ने र राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्ति भन्दा पार्टी ठूलो भएकाले पार्टीको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताएका हुन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भएअनुसार पार्टीको सुझावलाई समेत मानेर अगाडि बढ्ने विश्वास आफूले गरेको बताए ।

नेम्वाङले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभएपनि छ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्थाअनुसार भइसकेको बताए ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ति गर्ने विचार व्यक्त गरेको भए पनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजान अनुरोध गरेकोले प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment