Comments Add Comment

सधैं तन्नेरी देखिने ९ सूत्र : शाकाहारी भोजन, जंकफुड त्यागौं

सधैं युवा देखिन कसलाई मन पर्दैन र ? मानिसहरु युवा देखिनकै लागि बुढेशकालमा समेत धेरै मेहनत गर्ने गर्छन् । तर, व्यवस्थित जीवनशैलीले मानिसलाई बुढेशकालमा समेत तन्नेरी देखाउन मद्दत गर्छ । मानिसको आयुसँगै मानिसको छालाले बुढ्यौलीको संकेत दिने गर्छ । तर, त्यसबाट बच्नको लागि कस्तो उपाय अपनाउन सकिन्छ ?

धेरै समय बाहिर बस्नु

घरभित्र भन्दा घर बाहिर धेरै समय बिताउने मानिसको आयु बढ्ने र शरीरमा बुढ्यौलीको संकेत समेत देखिँदैन । सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डीले मानिसको छालामा सकारात्मक असर पार्छ । यसबाट पाइने भिटामिन डीले हाडको लागि स्वास्थ्यको लागि पनि योगदान दिन्छ।

साथै यसले डिप्रेशन, मुटुको रोग, मधुमेह लगायत रोगबाट बचाउन पनि सहयोग पुर्‍याउँछ । ५० प्रतिशत मानिसलाई घरभित्रै रहनाले भिटामिन डीको अभाव हुने गरेको एक अध्ययनले देखाएको थियो ।

दिनमा केवल १५ मिनेट मात्र घाममा बस्नुले पनि मानिसको स्वास्थ्यमा सकारात्मक असर पार्न सक्ने अध्ययनको दाबी छ । विशेषगरी बृद्ध मानिसको लागि घाममा बस्नु राम्रो हुन्छ ।

साथीसँग सम्बन्ध

आफ्ना साथी र परिवारसँगको राम्रो सम्बन्धले पनि मानिसको आयु बढाउन सहयोग पुग्छ । धेरै मानिससँग जोडिनुले मानिसको स्वास्थ्यमा पनि सकारात्मक असर पर्छ । आफ्नो पति/पत्नी, साथी र परिवारसँग सकारात्मक सम्बन्ध राख्नु सबभन्दा उत्तम उपाय हो ।

सकारात्मक सम्बन्धले मानिसको तनाव पनि कम गर्छ र स्वास्थ्यमा सुधार आउँछ । त्यसैले आफ्ना साथी र परिवारसँग धेरै समय दिनु राम्रो हुन्छ । प्रत्यक्षरुपमा पूरा समय दिन नसकिए पनि उनीहरुलाई इमेल वा फोनमा समय दिनुले पनि सकारात्मक असर पार्छ ।

शारीरिक अभ्यास

दैनिक शारीरिक अभ्यासले पनि मानिसले आयु बढाउन सहयोग पुर्‍याउँछ । दैनिक शारीरिक अभ्यास गर्नाले मानिसको आयु बढाउन सहयोग पुर्‍याउँछ । दैनिक ३ घण्टामात्र शारीरिक अभ्यास गर्नाले मानिसको वास्तविक उमेरभन्दा ९ वर्ष युवा देखिने एक अध्ययनले देखाइसकेको छ । तर, यसरी शारीरिक अभ्यास गर्दा दिनहुँ यसलाई जारी राख्नु जरुरी हुन्छ । अन्यथा यो तपाईंको लागि हानिकारक पनि बन्न सक्छ ।

यौन सम्बन्ध

धेरै यौनसम्पर्कले पनि मानिसको आयु बढाउन सहयोग गर्छ । एक अध्ययनले धेरै यौन सम्पर्क गर्ने मानिसको मृत्युदरमा ५० प्रतिशतको कमी आएको पाइएको थियो । त्यसैले यौन र उमेरसँग सम्बन्धित विषयलाई मेडिकल समुदायमा निकै गम्भीर मानिन्छ । तर, स्वस्थ मानिसले धेरै यौनसम्पर्क गर्छन् यसले पनि उनीहरुको आयुमा असर पर्ने गरेको केहीले बताउँछन् ।

शाकाहारी बन्नु

शाकहारी बन्नाले पनि मानिसको आयु बढाउन सहयोग गर्छ । शाकाहारीले खराब फ्याट कम खपत गर्छन् । राम्रो पाचन प्रणाली हुन्छ र तौल कम हुन्छ । तर, केही शाकाहारीले धेरै जंक फूड खान्छन् । यस किसिमको व्यवहार स्वास्थ्यमा सुधार र आयु बढाउनका लागि भने नकारात्मक असर पार्छ । तर, खराब फ्याट र अस्वस्थ खाना नखाने शाकाहारीको आयुमा भने सुधार हुन्छ ।

तनाव कम गर्नु

तनावले मानिसलाई दीर्घकालीन रोग निम्त्याउनुका साथै आयु पनि घटाउँछ । एक अध्ययनले मानिसमा दर्जनभन्दा धेरै स्वास्थ्य समस्या निम्तिने सम्भावना हुने उल्लेख गरेको छ । यसले मानिसमा दिक्दारी र अनिद्राको समस्या उत्पन्न हुन्छ । तनाव कम गर्नाले मानिसको दीर्घकालीन स्वास्थ्यमा सुधार हुनुको साथै आयु बढाउन पनि सहयोग पुग्छ ।

नियमित चेकजाँच

नियमित चेकजाँचले पनि मानिसको आयु बढाउन सहयोग पुग्छ । यस किसिमको जीवन मानिसको लागि रमाइलो भने नहुनसक्छ । तर, नियमित चेकजाँचले बिना कुनै आशंका आफ्नो स्वास्थ्यप्रति ढुक्क हुन सकिन्छ । यसको सकारात्मक असर स्वास्थ्यमा देखिन्छ ।

टिभीबाट टाढा रहनु

टेलिभिजनको र मानिसको आयुको प्रत्यक्षरुपमा कुनै सम्बन्ध हुँदैन । तर, टेलिभिजन कम हेर्ने मानिसको स्वास्थ्य अवस्था राम्रो हुन्छ । त्यसका साथै टेलिभिजन धेरै हेर्नाले मानिसलाई अल्छि बनाउने र यसले तौलको समस्या निम्तिने, जंक फूड धेरै खाने, तनाव धेरै लिनेजस्ता समस्या हुन्छ । जसले प्रत्यक्षरुपमा स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।

अनावश्यक जोखिमबाट टाढा रहनु

अनावश्यक जोखिमबाट टाढा रहनुले पनि मानिसले आयु बढाउन सहयोग गर्छ । विशेषगरी युवाहरुमा यस किसिमको समस्या देखिन्छ । धेरै युवाको मृत्युको कारण दुर्घटना, चोटपटक र हिंसामा हुने गरेको छ । त्यसका साथै चुरोट पिउने लगायतका खराब बानी पनि छाड्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment