Comments Add Comment

रुपा र मादी गाउँपालिकाको विशेष कार्यक्रम स्थगित

२२ फागुन, पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको विशेष कार्यक्रम स्थगित गरेको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका स्थानीय तहबीच रुपाले भविबल प्रतियोगिताको आयोजना गरेको थियो ।

गण्डकीका अन्तर स्थानीय तह भलिबल प्रतियोगिता, नयाँ र पुराना पुस्तालाई आफ्नै मौलिक परम्परा र संस्कृतिबारे जोड्न गाउँपालिकास्तरीय साँस्कृति झाँकी प्रतियोगिता र रुपा गाउँपालिकाभित्रका प्रतिभा पहिचान गर्न रुपमा आइडल डान्स प्रतियोगिता आयोजना गरिएको थियो ।

‘कार्यक्रमको सम्पूर्ण तयारी सकिएको थियो । तर, कोरोना भाइरसको सन्त्रास र साबधानीसमेत अपनाउनुपर्ने भएकाले नागरिकलाई सूचित गर्दै सम्पूर्ण कार्यक्रम तत्काललाई स्थगित गरिएको छ,’ अध्यक्ष नवराज ओझाले भने, ‘अध्यक्ष कप भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकी प्रतियोगिता र रुपा आइडललगायतका कार्यक्रम स्थगित गर्‍यौं ।’

कार्यक्रमबारे अर्को सूचना जारी गरेर जानकारी गराइने उनले बताए । रुपा गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले कोरोना भाइरसको सावधानी अपनाउनुपर्ने भन्दै सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । स्थापना दिवसको कार्यक्रम स्थगित गरेर साबधानी अपनाउन प्रचार गर्न लागिएको उनको भनाइ थियो ।

भलिबलको उर्वर भूमि मानिने रुपा गाउँपालिकाले स्थापना दिवसमा गएको वर्षदेखि नै अन्तर स्थानीय तह अध्यक्ष कप भलिबल प्रतियोगिता लगायतका कार्यक्रम गर्न थालेको थियो । प्रतियोगितामा यो वर्ष २५ स्थानीय तहले भाग लिने गरी टिम दर्ता भएको थियो ।

कोरोना भाइरसको प्रभावका कारण भन्दै मादी गाउँपालिकाले वैशाखमा गर्न लागेको महोत्सव स्थगित गरिसकेको छ । आगामी वैशाख १ देखि १० गतेसम्म ऐतिहासिक मादी पर्यटन महोत्सव स्थगित गर्ने निर्णय गरिसकिएको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment