Comments Add Comment

मास्कमा कालोबजारी गर्ने दुई मेडिकलमा तालाबन्दी

२२ फागुन, पोखरा । कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो ।

गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ ।

महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको छ ।

स्याङ्जा औषधी पसलले २ सय बजार मूल्य पर्ने ९५ अंकित मास्कलाई ४ सय ५० रुपैयाँसम्ममा बचेको फेला परेको थियो।

परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।

दुबै औषधी पसलका सञ्चालकलाई ३ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ । कोरोनाको सन्त्रास र साबधानी अपनाउन सूचित भएपछि बजारमा मास्कको अभाव तथा कालोबजारी भइरहेको गुनासो आइरहेको छ ।

टोलीले बिहीबार उपभोक्तासहित पोखराका थुप्रै पसलमा अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment