+
+
Shares

मिनभवनमा साइकलसँग ठोक्किएर स्कुटर चालक गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते ९:५९

२३ फागुन, काठमाडौं । काठमाडौंको मिनभवनमा शुक्रबार बिहान स्कुटर र साइकलमा ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये स्कुटर चालकको अवस्था गम्भीर छ ।

बिहान करिब साढे ५ बजे तिनकुनेबाट बानेश्वरतर्फ आउँदै गरेको मे ७ प ५३६ नम्बरको स्कुटर र साइकलमा ठोक्किएका थिए ।

दुर्घटनामा स्कुटर चालक झापाको भद्रपुर नगरपालिका ११ घर भइ काठमाडौं काँडाघारी बस्दै आएका २५ वर्षीय योगेश आचार्य र साइकलयात्री काभ्रेपलान्चोक घर भइ हाल बानेश्वर थापागाउँ बस्दै आएका २६ वर्षीय हिराकाजी श्रेष्ठ घाइते भएका छन् ।

गम्भीर घाइते भएका स्कुटर चालक आचार्यलाई सिभिल अस्पताल मिनभवनबाट थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?