Comments Add Comment

दुई सन्तानको बीचमा कति वर्षको अन्तर ?

प्रायः दम्पत्तिहरुले बच्चा जन्माउनका लागि विभिन्न योजनाहरु बनाएका हुन्छन् । त्यही योजना अनुसार एउटी महिला गर्भवती हुन्छिन् । तर, कहिलेकाहिं योजना नै बिना नै एउटी महिला गर्भवती बन्न पुग्छिन् । त्यस्तो बेला अधिकांश मानिसहरुको मनमा कस्तो जिज्ञासा पैदा हुन्छ भने दुई गर्भधारण अर्थात दुई बच्चाहरुको बीचमा कति समयको अन्तर हुनु आवश्यक छ ? यहाँ हामी उक्त जिज्ञासाको जवाफ दिँदैछौं ।

कतिपय परिवारहरुमा पहिलो बच्चा जन्मिएको दोस्रो दिनदेखि नै परिवारका सदस्यहरुले दोस्रो बच्चाको बारेमा कुराकानी गर्न थाल्छन् भने कतिपय परिवारमा भने पहिलो सन्तान जन्मिएको वर्षौंसम्म पनि दोस्रो सन्तान जन्माउने बारेमा खासै चर्चा नै हुँदैन ।

त्यसो त तपाईंलाई दोस्रो सन्तानको आवश्यकता छ कि छैन भन्ने कुराको सम्पूर्ण निर्णय अभिभावकहरुले नै गर्ने हो । तर, अधिकांश परिस्थितिहरुमा महिलाहरु जानी-नजानी दोस्रो पटक समेत गर्भवती बन्न पुग्छन् । त्यस्तो बेला एउटा ठूलो जिज्ञासा के पैदा हुन्छ भने दुई जना सन्तानको बीचमा कति समयको अन्तर हुनु आवश्यक छ ? अथवा दुई सन्तानबीच कति वर्षको फरक भयो भने राम्रो मानिनेछ ?

कुनै महिला, जसले भरखरैमात्र सन्तान जन्माएकी छिन्, उनको शरीर दोस्रो गर्भधारणका लागि पुनः कहिले तयार हुन सक्छ ? दुई सन्तानको हेरचाह, उनीहरुले पाउने पोषण तथा आमाको शरीरको अवस्थाले दुई सन्तानको बीचमा कति अन्तर हुनु पर्छ ? यदि तपाईंको मनमा पनि यी सबै प्रकारका जिज्ञासाहरु छन् भने तीनको जवाफ यसप्रकार छन् :

छ महिनाभित्र पुनः गर्भवती हुनु खतरनाक

जो महिलाहरुले ३० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिन्छन्, उनीहरुसंग दुई सन्तानका बीच धेरै समयको अन्तर राख्ने स्वतन्त्रता हुँदैन । किनभने, उनीहरु लागि उनीहरुको बढ्दो उमेरले प्रजननसंग सम्बन्धित समस्याहरु उत्पन्न गर्न सक्छ । त्यस्तो बेलामा स्वास्थका दृष्टिकोणले हेर्ने हो भने जबसम्म कुनै महिला पहिलो गर्भवती अथवा सुत्केरीबाट पूर्ण रुपले बाहिर आउँदिनन्, तबसम्म उनले दोस्रो सन्तानका बारेमा सोच्नु नै हुँदैन । खासगरी त्यो बेला, जब तपाईंको शरीरमा आइरन अथवा हेमाग्लोबिनको कमी हुन्छ ।

थुप्रै वटा अध्ययनहरुमा के कुरा प्रमाणित भैसकेको छ भने यदि पहिलो सुत्केरीको छ महिनाभित्र महिला दोस्रो पटक गर्भवती भइन् भने सन्तान जन्मिने बेलामा कम तौलको हुनु, समयअघि नै बच्चा जन्मिने खतराहरु बढ्छन् ।

१८ महिनादेखि २४ महिनाको अन्तर अनिवार्य

दुई सन्तानको बीचमा १८ देखि २४ महिना अर्थात डेढदेखि दुई वर्षको अन्तर हुनु अति नै अनिवार्य मानिन्छ । यो किन पनि अनिवार्य छ भने पहिलो गर्भाधारण अथवा सुत्केरीपछि महिलाहरुको शरीरले पुनः पुरानै स्वरुप प्राप्त गर्न, आफ्नो शक्ति पुनः प्रँप् तगर्नमा डेढदेखि दुई वर्ष नै लाग्न सक्छ । यति मात्र होइन, दुई सन्तानका बीचमा अन्तर राख्न किन पनि अनिवार्य छ भने तपाईंले दुबै सन्तानहरुलाई पूर्ण रुपले तथा बराबर ध्यान दिनु अनिवार्य हुन्छ ।

यदि दुई बच्चाहरुको बीचको उमेरको अन्तर धेरै भयो भने तपाईंले दुबै बच्चाहरुको सुरुवाती वर्षहरुमा उनीहरुलाई पुरा ध्यान दिन सक्नु हुनेछ । यसका साथै बच्चाहरुमा हुने खर्चलाई पनि राम्ररी व्यवस्थापन गर्न सक्नु हुनेछ ।

दोस्रो सन्तानको योजना बनाउनुअघि एक वर्षको प्रतिक्षा

त्यसो त धेरै पटक के पनि देखिन्छ भने यदि दुई सन्तानका बीचमा  उमेरको अन्तर धेरै भयो भने अथवा ५-६ वर्षभन्दा बढी अन्तर भयो भने दुबै सन्तानहरुको बीचको निकटतामा कमी भएको समेत अनुभव गर्नु पर्ने हुन्छ । त्यस्तो परिस्थितमा जेठो सन्तानलाई के लाग्छ भने आफ्नो सानो भाइ अथवा बहिनी घरमा आउनाले उनले पाउने मायामा कमी आउने छ अथवा घरमा उनको महत्व कम हुनेछ । त्यसैले उनी परिवारको नयाँ सदस्य अथवा आफ्नै भाइ अथवा बहिनीप्रति रिसाएको अथवा खुशी नभएको पनि देखिन्छ ।

त्यसैले यी सबै कुराहरुलाई ध्यानमा राख्दै एउटा उत्कृष्ट निर्णय लिनु पर्छ । त्यसका लागि तपाईंले आफ्नो पहिलो गर्भाधारणपछि दोस्रो सन्तानको योजना बनाउनु भन्दाअघि कम्तिमा ६ महिनादेखि एक वर्षसम्म प्रतिक्षा गर्नैपर्छ । यसो गर्नु भयो भने तपाईंले दोस्रो सन्तानलाई पनि स्वस्थ जीवन प्रदान गर्न सक्नु हुनेछ र तपाईंको आफ्नो शरीरले पनि पहिलो गर्भाधारणा तथा सुत्केरीबाट बाहिर आउने राम्रो समय पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment