Comments Add Comment

मास्क र स्यानेटरी आइटममा भन्सार छुट दिन आग्रह

२३ फागुन, काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मास्क र स्यानेटरी आइटम आपूर्तिमा भन्सार छुट दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार अत्यावश्यक वस्तुहरुको आपूर्तिको विद्यामान अवस्थाबारे उद्योगीहरुसँग छलफल गरेको थियो । कोरानो भाइरसको संक्रमणको त्रास विश्वभर फैलिएसँगै नेपाली बजारमा मास्कसँगै स्यानिटाइज अभाव छ ।

छलफल लगतै मन्त्रालयले मास्क र स्यानेटरी आइटलमा तत्कालका लागि भन्सार छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ । निजी क्षेत्रले आयात गर्न सहज होस् भनेर यस्तो निर्णय गरिएको मन्त्रालयका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment