२३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद दिल कुमारीले वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतको राजीनामा मागेकी छन् ।
वनमन्त्रीको स्वकीय सचिव धिरज उपरकोटीले हदैसम्मको अपमान गरेको भन्दै राजीनामा माग गरेकी हुन ।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन, ‘म वनमन्त्रीजीको राजीनामा माग गर्दछु । किनकी उहाँको स्वकीय सचिव धिरज उपरकोटीले हदैसम्मको अपमान गर्नुभएको छ ।’
सांसद दिल कुमारीले राजतन्त्रसमेत अन्त्य भएको तर सबै मन्त्रालयभित्र राणाशासन भने कायमै रहेको समेत आरोप लगाएकी छन् ।
जनताको काम लिएर मन्त्रालय जाँदा मन्त्रीको स्वकीय सचिव र कर्मचारीहरुले समानुपातिक सांसद हो ? भन्दै सोध्ने गरेको भन्दै असन्तुष्टि पोखिन् । ‘स्वकिय सचिव र कर्मचारीलाई कसले अधिकार दिएको छ सोध्नलाई ?’ सांसद दिलकुमारीले प्रश्न गरिन् ।