Comments Add Comment

बेल्जियममा सुमन जैसीको आत्महत्याले जन्माएको प्रश्न

२३ फागुन, बेल्जियम । बेल्जियमको लुभेन सहरमा सोमबार बेलुका ३५ वर्षे नेपाली युवक सुमन जैसीले आत्महत्या गरेका छन् ।

सन् २००७ देखि नै बेल्जियम बस्दै आएका जैसीले गुडिरहेको रेलको अगाडि हाम्फालेर आत्महत्या गरेको स्थानीय प्रशासनले जानकारी गराएको छ ।

पर्वत घर भएका सुमनले अन्तरजातीय प्रेम विवाह गरेका थिए । गाउँबाटै विवाह गरेर बेल्जियम आएका पति-पत्नीवीच पछिल्लो समय समस्या देखिन थालेपछि सुमन डिप्रेसनको अवस्थामा थिए ।

श्रीमान-श्रीमतीवीच मनमुटाव बढेपछि उनीहरु केही समय यता छुट्टै बस्दै आएका थिए । उनीहरुवीच सम्वन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो ।

करिब ६ महिनाअघि बेल्जियमकै एक नेपाली युवकले आफ्नी पत्नीलाई अंकमाल गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि जैसी थप तनावमा देखिएको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् ।

तस्वीरको निहुँमा ती युवकसँग त्यसबेला जैसीको सामान्य विवाद पनि परेको र स्थानीय नेपालीले विवाद मिलाउने प्रयास गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार यो घटनाले आफूलाई निकै तनाव दिइरहेको सुमनले निकटस्थहरुसँग बताउने गरेका थिए ।

पछिल्लो समयको उनका फेसबुकका स्टाटसले पनि उनी समस्यामा परेर यसबाट उम्कन खोजेको, तर नसकेको जस्तो भाव झल्कन्थ्यो ।

उनी निकटस्थ स्रोतका अनुसार जैसीले आफ्नो स्कुले जीवन होस्टेलमा बिताएका थिए । विसं. २०६० सालमा सिद्धार्थ वनस्थलीबाट एसएलसी पास गरेका उनी पढाइमा अब्बल थिए ।

कक्षा १० मा पढ्दा आफ्नै साथीकी बहिनीसँग उनको प्रेम भयो र पनि विवाह भयो । १२ कक्षामा पुगेपछि पढाइलाई थाती राखेर उनी बेल्जियम आए ।

सन् २०१० मा गाउँ फर्केर विवाह गरेका उनले सन् २०१३ मा पत्नीलाई बेल्जियम ल्याए ।

मृदुभाषी एवं भावुक स्वाभावका सुमन पेन्टिङको सोख भएका युवक थिए । उनले बेल्जियममा रहँदा पनि आर्टहरु बनाउने गरेका थिए ।

सुमनलाई नजिकबाट चिन्नेहरु उनले आत्महत्या गरेकोमा विश्वासै गर्न सकिरहेका छैनन् । बेल्जियमका केही स्थानीय नेपालीले सामाजिक सञ्जालको तस्वीर र स्टाटसलाई आधार बनाएर यो घटनाको छानविन हुनुपर्नेमा बताएका छन् ।

सुमनको आत्महत्याको घटनाले युरोपमा रहेको नेपाली समाज र नयाँ पुस्ताको निराशाजनक अवस्थालाई चित्रित गरेको छ । स्थानीय संघसंस्था एवं सामाजिक अभियन्ताले यस्ता घटनाहरुलाई गम्भीर रुपमा लिनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment