+
+
Shares

नेपालमा औषधी निर्यात गर्न भारत सहमत

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १७:५८

२३ फागुन, काठमाडौं । भारतले निर्यातमा रोक लगाएको २६ प्रकारको औषधी र यसका कच्चा पदार्थ नेपाल पठाउन भने सहमति जनाएको छ । वाणिज्य सचिव तहमा भएको छलफलमा भारत नेपालमा औषधी पठाउन सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट्ले जानकारी दिए ।

मुलुकको समग्र आपूर्ति अवस्थाबारे जानकारी दिन शुक्रबार मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले औषधी, इन्धन तथा खाद्यान्नको कुनै अभाव नरहेको भन्दै आत्तिएर भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे ।

वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्याल र भारतीय वाणिज्य सचिवबीच भएको कुराकानीमा नेपाली औषधी र यसका कच्चा पदार्थ नेपाल पैठारी गर्न आयातकर्तालाई अनुमति पत्र जारी गरेर सहज बनाउन समझदारी भएको मन्त्री भट्टले बताए ।

वाणिज्य सचिव डा.वैकुण्ठ अर्यालकाअनुसार पाम तेलकै शैलीमा भारतले रोक लगाएको औषधी र यसका कच्चा पदार्थ नेपालमा निकासी गर्न सहमति भएको छ ।

मन्त्रालयका अनुसार नुन ६ महिनालाई पुग्ने मौज्दात छ । चिनी झण्डै एक वर्षलाई पुग्ने मौज्दात छ भने १० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?