+
+
Shares

शान्ति मिशनमा ५६५८ नेपाली सुरक्षाकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १८:४८

२३ फागुन, काठमाडौं ।  संयुक्त राष्ट्र संघको अगुवाइमा  द्वन्द्वग्रस्त विभिन्न मुलुकमा शान्ति स्थापनार्थ धेरै सुरक्षाकर्मी पठाउने देशको सूचीमा नेपाल चौथो स्थानमा उक्लिएको छ ।

नेपालले अघिल्लोपटकको तुलनामा एक स्थान सुधार गरेको हो । शान्ति स्थापनार्थ विभिन्न १ सय २२ देशले सुरक्षाकर्मी पठाउने गरेका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार विभिन्न १२ द्वन्द्वग्रस्त मुलुकमा नेपालका ५ हजार ६ सय ५८ सुरक्षाकर्मी तैनाथ छन् । जसमध्ये नेपाली सेना ५ हजार ९६ र नेपाल प्रहरी तथा शसस्त्र प्रहरी गरी ५ सय ६२ जना छन्।

नेपालले पहिलो पटक सन् १९५८ मा ५ जना सैनिकलाई पर्यवेक्षकको रुपमा युनाइटेड नेशन्स् अब्जरभेसन ग्रुप इन लेबनान(UNOGIL) मिशनमा पठाएको थियो ।

अहिलेसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले शान्ति मिशनमा सहभागिता जनाइसकेका छन् । जसमध्ये १ हजार ४ सय १ जना महिला सैनिक छन् । हाल १ सय ८१ जना महिला सैनिक मिशनमा रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?