Comments Add Comment

नेपाल प्रहरीका डीआईजी डा. सुब्बाले दिए राजीनामा

२३ फागुन, काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. राजीव सुब्बाले राजीनामा दिएका छन् । उनले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष राजीनामा बुझाएका हुन् ।

सुब्बाको राजीनामा स्वीकृत भइसकेको छैन ।

सुब्बाले घरायसी कारणले राजीनामा दिएको अनलाइनखबरलाई बताएका छन् । यद्यपि, प्रहरी संगठनमा जुनियरहरु माथिल्लो पदमा पुगे पनि प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले सुब्बाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयभित्र चर्चा भएको छ ।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजी आशा सिंहभन्दा उनी सिनियर अधिकृत हुन् ।

सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा थालेका थिए । पछिल्लो समय उनी प्रहरीको सञ्चार निर्देशनालय प्रमुख थिए । डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो । एआईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए ।

उनीले सञ्चार तथा सूचना प्रविधि विषयमा विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment