Comments Add Comment

कुमारिका र बेबि शेरामी नेपाली बजारमा

श्रीलङ्काको बहुचर्चित प्रसिद्ध ब्राण्ड कुमारिका र बेबि शेरामीको उत्पादन अब नेपाली बजारमा आएको छ ।  एक कार्यक्रमबीच श्रीलङ्काको बहुचर्चित प्रसिद्ध ब्राण्ड कुमारिका र बेबि शेरामी औपचारिक रुपमा नेपालमा बिक्रि खुल्ला गरिएको हो ।

कपाल र बालबालिकाको हेरचाहका लागि हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि सो ब्राण्डका उत्पादन नेपाली बजारमा ल्याएको हो । हेमाज होल्डिङ्ग PLC एक श्रीलङक्न संगठन हो जुन विगत ७० वर्ष देखिको पौराणिक सम्पदा बोकेर विभिन्न क्षेत्रहरु : FMCG, यातायात, स्वास्थ सेवा र अन्य क्षत्रमा कार्यरत रहदै आएको छ । हेमाज म्यानिफ्याक्चरीङ FMCG क्षेत्रमा नेतृत्व लिएको कम्पनीले गौरव गर्ने उत्पादनहरु बेबीकेयर (साबुन, स्याम्पु, कोलोन, क्रिम, लोसन), ओरल केयर (मन्जन,माउथवास), स्किन केयर ( साबुन, लोसन, बडि वास), हेयर केयर (ओइल,स्याम्पु,कन्डिसनर,सिरम), सुगन्ध अत्तर DEO र कोलोन दुबै महिला,पुरुषका लागि) र स्यानिटरी न्यापकिन्स रहेको हजुरलाई नमस्ते ट्रेड लिंक प्रा. लि.का अध्यक्ष तारा बहादुर कुँवरले जानकारी दिए ।

कुमारिका ब्राण्डकोे कपालको तेल एक हर्बल तेल हो जुन नरिवलको तेलमा प्राकृतिक जडिबुटिहरु मिलाई तयार पारिएको हो । यसले कपाललाई आकर्षक र सुन्दर पार्छ जुन विश्वको सबै ग्राहकमाझ हर्बल तेल सुन्दर कपालको लागि भनेर चिनिएकोे छ । कुमारिकामा हेयर आयल, स्याम्पु, कण्डिशनर,शिरम रहेका छन् ।

सन् १९६२ मा फ्रान्सेली बहुराष्ट्रिय कम्पनीका सहकार्यमा शरुवात भएको थियो । यस ब्राण्डका उत्पादनहरु कोलोन, क्रीम, लोसन, स्याम्पु , साबन, पाउडर र अन्य बालबालीका का उत्पादनहरु समावेश गरेका छन् । बेबी शेरामी आमाहरुका माझ विश्वासीलो ब्राण्डका रुपमा स्थपित भईसकेको छ जसले बच्चाहरुको छालाको हेरचाह गर्ने वाचा गरेको छ ।

कुमारिका र बेबी शेरामी ब्राण्ड संसारको हजारौँ ग्राहक माझ पुग्न सफल भईसकेको छ र दैनीक प्रयोजनका लागि अभिन्न अङ्ग जस्तै भईसकेको छ । यसका उत्पादनहरु भारत, मलेशिया, माल्दिब्स, पाकिस्तान, लेबनन, बङ्गलादेश, यूके, न्यूजिल्याण्ड, अष्ट्रेलिया र द मिडल ईष्ट जस्ता देशहरुमा निर्यात भइरहेका छन् र अझै नयाँ मार्केटका लागि विस्तारमा छन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि का निर्देशक श्री रोय जोसेफको उपस्थिती रहेको थियो । हेमाज म्यानुफ्याक्चरिङ प्रा. लि का उत्पादन कुमारीका र बेबी शेरामीको नेपालको लागि आधिकारिक बिक्रेता हजुरलाई नमस्ते टे«ड लिड्ढ प्रालि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment