Comments Add Comment

पत्रकार वीरेन्द्र साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

२५ फागुन, वीरगञ्ज । पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।

फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले अनलाइनखबरलाई जानकारी दिए ।

१२ वर्षअघि हत्या गरिएका पत्रकार वीरेन्द्र साह ।

फौजदारलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई उनका समर्थकले अवरोध गर्ने प्रयास गरेका थिए । त्यसक्रममा ४ राउन्ड हवाई फायर गर्नु परेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।

एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थायो । शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी) मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप लाग्दै आएकाे छ ।

फौजदारसम्ब‍न्धी मुद्दा मुल्तवीमा रहेकाले उनलाई अदालतमा बुझाइने इलाका प्रहरी कार्यालय, सिमराका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।

बारामा क्रियाशील पत्रकार साहका हत्या आरोपी फौजदार १२ वर्षदेखि फरार थिए । राजनीतिक पहुँचकै आधारमा उनीहरूमाथि कारबाही नभएको टिप्पणी हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment