+
+

नेपाली संगीतमा अझै वर्गीय विभेद छ : शिव परियार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १२:४६

२५ फागुन, काठमाडौं । गायक शिव परियारले नेपाली संगीतमा जातीय, क्षेत्रीय र वर्गीय विभेद अझै कायम रहेको बताएका छन् ।

शनिबार राजधानीको कुञ्ज थिएटरमा ‘गीत, गजल र शीतल’ कार्यक्रममा सम्मान ग्रहणपछि आफ्नो मन्तव्य राख्दै उनले संगीत क्षाेत्रमा देखिएको वर्गीय विभेदले नयाँ पुस्ता निराश हुने अवस्था रहेको बताए ।

परियारले भने, ‘नेपाली संगीतमा व्यवसायिकताको खोजी गर्दै साधना गरिरहेको छु तर यहाँ त अझै वर्गीय विभाजन हाबी छ । यसले गर्दा संगीतमा आउने नयाँ पुस्ता निराश हुने सम्भावना रहन्छ ।’

गायक परियारलाई नेपाली संगीतमा गजल गायनको नयाँ आयाम प्रस्तुत गर्न सफल भएकामा सम्मान गरिएको ‘गीत, गजल र शीतल’ कार्यक्रमकी प्रमुख शीतल कादम्बिनीले बताइन् ।

कार्यक्रममा परियारले संगीतविना नै आफ्ना नयाँ पुराना गजल श्रोतालाई सुनाए ।

कार्यक्रममा कवि एवं गीतकार विप्लव प्रतीकले आफ्ना नयाँ पुराना गीत वाचन गरे । ‘मैले यसरी गीत पढ्ने माहोल कहीँ पाएको थिइनँ यहाँ पहिलोचोटी गीत पढ्दैछु’, प्रतीकले भने, ‘गजल र गीतको सहकार्यमा हुने कार्यक्रम नेपालमा निकै कम छ ।’

‘गीत, गजल र शीतल’ गजलकार शीतल कादम्बिनीले प्रत्येक महिना प्रस्तुत गर्ने गजल र गीतको कार्यक्रम हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?