+
+
Shares

पर्सामा बाघको आक्रमणबाट महिला घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १६:३०

२५ फागुन, वीरगञ्ज । पर्सामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । पर्सागढी नगरपालिका– ८ हरपुरको रमौली गाउँ बस्ने ३७ बर्षकी घुघुली राम घाईते भएका हुन् ।

मनवादेखि उत्तर जंगलमा दाउरा लिन गएको अवस्थामा दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो । उनको अनुहारमा चोट लागेको छ । सँगै गएका साथीहरुले हो–हल्ला गरेर बाघलाई धपाएका थिए ।

उनलाई सँगै दाउरा लिन गएका लक्ष्मण महतो थारु लगायतले उद्दार गरी ल्याएका थिए । घटना भएको २ घण्टापछि प्रहरीले जानकारी पाएको थियो । घुघुलीलाई उपचारका लागि नारायणी अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय एकटाँगाका प्रहरी नायब निरीक्षक पूर्ण दहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?