Comments Add Comment

हार्दिक पाण्ड्यासँगै धवन र भुवनेश्वर भारतीय टिममा फर्किए

काठमाडौं । अलराउण्डर हार्दिक पाण्ड्या, ब्याट्सम्यान शिखर धवन र बलर भुवनेश्वर कुमारले भारतीय क्रिकेट टिममा पुनरागमन गरेका छन् ।

यी तीन खेलाडीलाई समेट्दै भारतले दक्षिण अफ्रिका विरुद्ध खेल्ने एकदिवसीय टोली घोषणा गरेको हो । विराट कोहलीको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा युवा ब्याट्सम्यान शुभमन गिलले पनि स्थान बनाएका छन् । न्यूजिल्याण्ड विरुद्धको सिरिजमा चोट लागेका रोहित शर्मा भने टिममा छैनन् । शर्मा टिममा नपरेपछि गिलले एक वर्षपछि टिममा पुनारागमन गरेका छन् ।

यस्तै केदार जादव, शिवम दुवे, शार्दुल ठाकुर, मोहम्मद शामी र मायांक अग्रवाल भने टिमबाट बाहिरिएका छन् । यी पाँचै खेलाडी न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा टिममा थिए । उक्त सिरिज भारतले ३-० ले हारेको थियो ।

कम्मरको चोटका कारण हार्दिक पाण्ड्याले गत सेप्टेम्बर यता अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । यस्तै धवन अष्ट्रेलिया विरुद्ध जनवरीमा भएको सिरिजमा घाइते भएका थिए भने भुवनेश्वरले गत वर्ष देखि अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

नयाँ छनोट समिति आएपछि यो भारतको पहिलो टोली हो । छनोट समिति प्रमुखमा सुनिल जोशी आएका छन् भने सदस्यमा हार्भिन्दर सिंह छन् ।

भारत र दक्षिण अफ्रिकाबीचको एदकिवसीय सिरिज मार्च १२ देखि धर्मशालमा सुरु हुनेछ । तीन खेलको सिरिजमा दोस्रो खेल मार्च १५ मा लखनउमा र तेस्रो खेल मार्च १८ मा कोलकत्तामा हुनेछ ।

भारतीय खेलाडीहरु : शिखर भवन, पृथ्वी शा, विराट कोहली (कप्तान), केंएल राहुल, मनिष पाण्ढे, शेयास अयेर, रिषव पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, युजभेन्द्र चहाल, जसप्रित बुमराह, नवदिप शैनी, कुदलिप यादव र शुभमन गील ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment