Comments Add Comment

२१ वर्षपछि तयार भयो बैजनाथपुर रंगशालाको गुरुयोजना 

२५ फागुन, विराटनगर । जग्गा खरिद गरेको २१ वर्षपछि बैजनाथपुर रंगशालाको गुरुयोजना तयार भएको छ । विराटनगर– १९ मा रहेको रहेको बैजथानपुर बहुउद्देशीय रंगशालाको गुरुयोजना तयार भएको हो ।

फुटबल तथा क्रिकेट रंगशाला, बास्केटबल, भलिबलको कोर्ट, स्वीमिङ पुल लगायतलाई समेटिएर गुरुयोजना तयार पारिएको हो  ।

बैजनाथपुरमा क्रिकेट मैदान, सुटिङ कोटसहितका संरचना निर्माण भएका छन् । तर अब भने सबै काम गुरुयोजना अनुसार हुने पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति विराटनगरका प्रमुख चण्डिका बास्तोलाले बताए । ‘बैजनाथपुरमा संरचना निर्माण गर्दा अब मास्टर प्लान अनुसार हुनुपर्छ,’ उनले भने, ‘मास्टर प्लान अनुसार काम गर्न फुटबल र क्रिकेट रंगशालाको डीपीआर पनि तयार भएको छ ।’

बैजनाथपुर रंगशालामा क्रिकेट र फुटबल रंगशालाको डीपीआर तयार भएको उनले बताए । नयाँ डीपीआरमा एथलेटिक्स ट्याक पनि रहने उल्लेख छ । दुईवटै डीपीआर अनुसार काम गर्दा दुई अर्ब हाराहारी बजेट लाग्ने अनुमान गरिएको छ ।

गुरुयोजना अनुसार रंगशाला निर्माण भए देशकै नमूना बहुउद्देशीय खेलकुद ग्राम बन्ने बास्तोलाले बताए ।

बहुउद्देशीय रंगशालाका लागि २०५५ सालमा १५ बिघा ५ कट्ठा जग्गा खरिद भएको थियो । त्यसयता रंगशालाको जग्गा तारबार गर्ने, क्रिकेट मैदान निर्माण गर्नेलगायतका केही संरचना निर्माण गर्न दुई दशक लागेको थियो ।

रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरकै फुटबल रंगशाला, एथलेटिक्स ट्रयाक,मल्टिप्रपोज कभर्ड हल, बास्केटबल कोर्ट, भलिबल कोर्ट, स्वीमिङ पुललगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । सबै संरचाना १५ बिघा जग्गामा अटाउने परिकल्पना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment