
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘बाघी ३’ लाई समिक्षकले रुचाएनन् । समिक्षकले चलचित्रमा टाइगर श्राफको एक्सन मात्र हेर्न लायक भएको लेखेका छन् । विषयबस्तु र प्रस्तुती निकै कमजोर भएको समिक्षकहरुको भनाई छ ।
झुर समिक्षा आउँदा पनि चलचित्रले व्यापार भने निकै उच्च छ । चलचित्रले अपेक्षित भन्दा राम्रो व्यापार गरेकोमा निर्माण पक्ष खुसी देखिएका छन् । चलचित्रको व्यापारमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले पनि असर गरेको छैन ।
चलचित्रले तीन दिनमा नै ५३ करोड ८३ लाख कामउन सफल भएको छ । रिलिजको पहिलो दिन नै १७ करोड ५० लाख कमाएको यस चलचित्रले शनिबार १६ करोड ३ लाख कमाएको थियो । आइतबार चलचित्रको व्यापार बढेर २० करोड ३० लाख पुग्यो । सोमबार होलीको अवसरमा चलचित्रको व्यापार बढ्नेमा शंका छैन ।
अम्हेद खान निर्देशित यस चलचित्रमा टाइगर श्राफ, श्रद्धा कपुर, रितेश देशमुख लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सजिद नाडियाडवालाले निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4