
२७ फागुन, काठमाडौं । सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार शुरु भएको एक घण्टा वित्न नपाउदै ४ प्रतिशतले ओरालो लागेर नेप्सेमा पहिलो पटक ११ बजेर ५९ मिनेटमा ब्रेक लागेको थियो ।
पहिलो पटक ब्रेक लागेर १२ः२० मा खुलेको कारोबार दोस्रो पटक १२ः३० मा ५.०२ प्रतिशतले बजार घटेर पुनः ब्रेक लाग्यो ।
६ प्रतिशतले घटेपछि तेस्रो पटक ब्रेक लागेको छ । १ बजेर १३ मिनेटमा ६ प्रतिशतले घटेेकाे थियाे । योसँगै नेपाल स्टक एक्सचेञ्जले आजका कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।
शेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार-चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो ।
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बिचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बिचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
ब्रेक लागेको अवस्थामा पहिलो घण्टा २० मिनेट, दोस्रो घण्टा ४० मिनेट र त्यसपछि ब्रेक लागे दिनभरकै कारोबार स्थगन हुने व्यवस्था छ ।
ब्रेक लागेर काराेबार स्थगन भएसँगै मंगलबार नेप्से परिसूचक ८६ दशमलव ३९ अंकले घटेर १३४९ दशमलव ३१ अंकमा झरेकाे छ । भने काराेबार रकम १ अर्ब ७ कराेड रूपैयाँमै राेकिएकाे छ ।
प्रतिक्रिया 4