Comments Add Comment

राष्ट्रिय कथा प्रतियोगितामा ‘अक्षान्त’ प्रथम

२७ फागुन, काठमाडौं । सुरभी साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कथा प्रतियोगिता– २०७६’ मा उदयपुरका अक्षान्त प्रथम भएका छन् । यस्तै काठमाडौँकी ललिता दोषी द्वितीय र अमेरिकाका टेक्सास निवासी केशवराज ज्ञवाली तृतीय भएका छन् ।

प्रतिष्ठानले प्रथम हुने कथाकारलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित प्रमाणपत्र दिने घोषणा गरेको छ ।

विजेता कथाकारहरूलाई प्रतिष्ठानको नियमित आख्यान वाचन हुने स्थान काठमाडौँ गोकर्णेश्वर नगरपालिका, ढोल्खाधारो कुटीमा आउँदो चैत १५ गते, पुरस्कार वितरण गरिने संयोजक परशुराम परासरले जानकारी दिए ।

उक्त अवरसरमा पुरस्कृत कथा वाचन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment