Comments Add Comment

एकीकरणपछि पार्टी फुट्न दिन्नौं : कमल थापा

२७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता जनाए ।

पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने आशंका नलिन आग्रहसमेत गरे ।

उनले भने, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडि बढ्न खोज्यौ भने गति लिन सकिँदैन् । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उद्दार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे ।

अरु कुनै पनि पार्टीले कम्युनिस्ट र कांग्रेसको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने भन्दै अध्यक्ष थापाले राप्रपा नै वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे ।

राप्रपा र राप्रपा संयुक्तबीच बुधबार एकता घोषणा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment