Comments Add Comment

सुतिरहेका बेला श्रीमानमाथि तेजाब प्रहार, श्रीमती पक्राउ

तस्वीरः- उज्वल थापाको ट्वीटरबाट ।

२७ फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा एक जना व्यक्तिमाथि तेजाब प्रहार भएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले घाइते २४ वर्षीय रामराजा थापाका श्रीमती प्रतिमालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी रञ्जितसिंह राठौरका अनुसार गएराति घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको देखिएको छ ।

झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको उनले बताए । ‘बाहिरबाट हानेको भए अन्यत्र पनि तेजाब लाग्नु पर्थ्यो’, राठौरले अनलाइनखबरसँग भने ।

घरमा उनकी श्रीमती प्रतिमा र ३ महिनाका बच्चा मात्र थिए । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको बताएका छन् ।

उनको मुख र हातमा तेजाब लागेको छ । अहिले उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिबीच पटकपटक विवाद हुँदै आएको पाइएको छ ।

प्रतिमा श्रीमान भन्दा ३ वर्ष जेठी हुन्, उनी एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक हुन् । प्रतिमाको यो दोस्रो विवाद भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment