+
+
Shares

अदालतको अवहेलनामा लिखित जवाफ दिन प्रहरी महानिरीक्षक सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २७ गते १४:३५

२७ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली सर्वोच्च अदालत पुगेका छन् ।

विप्लव समूहका कार्यकर्ता अदालतको आदेशमा रिहा हुँदा प्रहरीले पुन पक्राउ गरेको विषयमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेश गर्न उनी सर्वोच्च पुगेका हुन् ।

अदालतको आदेशमा रिहा भएकालाई पुन पक्राउ गर्दा अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले प्रहरीको लिखित जवाफ माग गरेको थियो ।

पक्राउ परेका विप्लव समूहका कतिपय नेता कार्यकर्ता सर्वोच्चको बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भए पनि अदालतबाहिरबाट प्रहीले पुनः पक्राउ गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?