Comments Add Comment

पोखरा विमानस्थलमा कार्यरत ७१ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा

२८ फागुन, पोखरा । कास्कीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस आक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा राखिएको नेपाल नागरिक उड्डयन कार्यालय, पोखरा विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

चीनदेखि विमानस्थलमा काम गर्न कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ जना नयाँ कामदार चिनियाँ कामदार नेपाल आएको मुनकर्मीले सुनाए । ‘यसअघि पनि हामीले क्वारेन्टाइनमा राखेका थियौं । त्यतिबेला क्वारेन्टाइनमा बसेका ३६ जना अहिले काममा फर्किसके,’ उनले भने । मार्च ४, ५ र ६ मा ७१ जना चिनियाँ कामदार नेपाल आएका थिए ।

चीनदेखि आएका कामदार चीनमै २ हप्ते क्वारेन्टाइनमा बसेको भएपनि सुरक्षाकोे दृष्टिकोणले नेपालमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।

आफ्नो कोठादेखि बाहिर निस्कन नदिने र दिनमा ३ चोटी शरीरको तापक्रम नाप्नेलगायतका काम भइरहेको उनले सुनाए । ‘कम्तिमा १० देखि १८ दिनसम्म यसरी क्वारेन्टाइनमा राख्छौं,’ मुनकर्मीले भने ।

निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा २८० नेपाली र १९० चिनियाँ कामदार कार्यरत छन् । ती कर्मचारीको स्वास्थ्य परीक्षणका लागि छुट्टै कामदारको व्यवस्था नभए पनि त्यसको व्यवस्थापन गर्न क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग स्वास्थ्यकर्मीको माग गरेको मुनकर्मीले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment