+
+
Shares

माछापुच्छ्रे बैंकका सीईओ शर्माले दिए राजिनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते ११:०३

२७ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिृकत सुमन शर्माले पदबाट राजिनामा दिएका छन् । शर्माले व्यक्तिगत समस्या देखाउदै पदबाट राजिनामा दिएको बैंकले जनाएको छ ।

शर्माको राजिनामा स्वीकृत गर्दै बैंक सञ्चालक समितिले सन्तोष कोइरालालाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । उनी यस अघि बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

कोइराला बैंकिङ क्षेत्रमा करिब डेढ दशक विताइसकेका बैंकर हुन् । बैंकिङ क्षेत्रका अनुभवी कोइरालाले १७ वर्ष अघि बैंक अफ काठमाण्डूबाट करिअर शुरु गरेका थिए ।

बैंक अफ काठमाण्डूमा ४ वर्ष काम गरेका कोइरालासँग सानिमा बैंकमा करिब ९ वर्ष काम गरेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?