+
+
Shares

रोजगार संयोजकको जागिर एक वर्ष लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १७:१९

२८ फागुन, काठमाडौं । स्थानीय तहमा कार्यरत रोजगार संयोजकको करार अवधि लम्बिएको छ । रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजकहरुको एक वर्षको करार अवधी २५ फागुनबाट सकिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करारमा कार्यरत रोजगार संयोजकको रोजगार अवधी थप सम्बन्धित स्थानीय तहबाटै गर्न सकिने जानकारी स्थानीय सरकारलाई गराएको छ ।

सोही अनुसार अब सम्बन्धित स्थानीय तहले आफ्नो तहमा कार्यरत रोजगार संयोजकको करार अवधि थप गर्न सक्नेछन् । यसअघि फागुन २०७५ मा एक वर्षे अवधिका लागि ७५३ स्थानीय तहमा रोजगार संयोजकको नियुक्ती भएको थियो ।

रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ अनुसार अब उनीहरु स्थानीय तहबाटै नियुक्त भएको मानिन्छ । यद्दपी चालु आवको बाँकि अवधि र आगामी आवको सेवा-सुविधा भने मन्त्रालयबाटै व्यवस्था हुने भएको छ । मापदण्ड अनुसार यो पद अस्थायी हो ।

रोजगार संयोजक एक वर्षका लागि नियुक्त गर्न सकिन्छ । तर स्थानीय तहले सूचिकृत अस्थायी दरवन्दीमा आर्थिक वर्ष ननाघ्ने गरी एक पटकमा बढीमा एक वर्षका लागि पुनः करारमा सम्झौता गरेर काममा लगाउन सकिने व्यवस्था गरिएको छ ।

सोहीअनुसार ७५३ जना रोजगार संयोजकको जागिर अर्को एक वर्ष लम्बिएको हो । स्थानीय तहमा पाँचौ र छैठौं तह सरहका रोजगार संयोजक नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?