Comments Add Comment

भारतीय सेयर बजारमा अहिलेसम्मकै ठूलो गिरावट

२९ फागुन, काठमाडौं । प्रमुख भारतीय शेयर बजार बिहीबार घटेका छन् । भारतीय शेयर परिसूचक सेन्सेक्स बिहीबार अघिल्लो दिनको तुलनामा २९१९ दशमलव २६ अंकले घटेर ३२७७८ दशमलव १४ अंकमा आइपुगेको हो ।

भारतको सरकारले विश्वभर यात्राको लागि प्रतिबन्ध लगाएपछि बिहीबार त्यसको नकारात्मक असर शेयर बजारमा देखिएको हो ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण विश्वभरको शेयर बजार प्रभावित बनिरहेको अवस्थामा भारतीय शेयर बजारमा पनि त्यसको असर देखिएको हो ।

बिहीबार बजारमा भारतीय शेयर परिसूचक सेन्सेक्समा देखिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कमी हो । यसअघि एकै दिन सेन्सेक्समा २४६७ अंकको कमी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment