Comments Add Comment

‘कभी इद कभी दिवाली’मा साउथ फिल्म ‘वीरम’को कथा !

नायक सलमान खान अहिले चलचित्र ‘राधे’मा व्यस्त छन् । कोरोनाका कारण चलचित्रको छायांकन केही समयको लागि रोकिएको छ । केही समयमा चलचित्रको छायांकन पुनः सुरु हुनेछ ।

यस चलचित्र पश्चात् सलमानले चलचित्र ‘कभी इद कभी दिवाली’ चलचित्रमा काम गर्नेछन् । चलचित्र नामलाई धेरैले आकर्षक नाम भनेका छन् । धेरैले चलचित्रलाई प्रतिक्षा गरिरहेका छन् ।

यस्तैमा चलचित्रको विषयमा नयाँ समचार बाहिरिएको छ । ‘कभी इद कभी दिवाली’ साउथ चलचित्र ‘वीराम’को रिमेक भएको समचार बलिउड मिडियाले उल्लेख गरेका छन् । यस कथाको राइट्स निर्माताले किनिसकेका छन् ।

वारीममा हिन्द–मुस्लिम बीचको अन्तरद्वन्द्वलाई देखाइएको छ । कभी इद कभी दिवालीले पनि सोही कथालाई प्रस्तुत गर्नेछ । चलचित्रको पटकथा भने केही फरक हुने बुझिएको छ । सलमानलाई कन्सेप्ट मन परेकाले नै उक्त चलचित्रको कथा लिइएको हो ।

फराहद समाजीले निर्देशन गर्ने यस चलचित्रलाई सजिद नाडियाडवालाले निर्माण गर्नेछन् । चलचित्रको छायांकन अक्टुबरबाट सुरु हुने बुझिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment