+
+
Shares

सतर्कता अपनाउन यूएईका नेपालीलाई दूतावासको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १६:२७

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुलाई कोरना भाइरसको संक्रमणबाट बच्न सतर्क रहन अबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

यूएईमा दुई नेपालीसहित ७४ जनामा कोरोनाको संक्रमण देखिएपछि सूचना जारी गर्दै दूतावासले नआत्तिएर सतर्कता अपनाउन भनेको हो ।

दूतावासले कोरोना नियन्त्रणमा नआएसम्म स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी अत्यावश्यक बाहेक ठूलो जमघटन नगर्न र भिडबाट टाढा रहनसमेत अनुरोध गरेको छ ।

कोरोनाको शंका लागेमा दूतावास, युएइको स्वास्थ्य मन्त्रालय, दुबइ स्वास्थ्य प्राधिकरणलगायत स्वास्थ्यसम्बन्धी सरकारी निकायमा सम्पर्क गर्न दूतावासले सूचित गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?