Comments Add Comment

भरतपुर अस्पतालले बढायो आइसोलेसन वार्डको क्षमता

२९ फागुन, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरसको संक्रमण भएका र शंकास्पद ब्यक्तिहरुलाई राख्द आइसोलेसन वार्डको क्षमता विस्तार गरेको छ ।

अस्पतालले बिहीबार एक सूचना जारी गरी पाँच शैंयाको आइसोलेसन वार्डलाई विस्तार गरी १९ शैयाको बनाएको जनाएको छ । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै अस्पतालको शैय्या बढाइएको मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

अस्पतालले तीन सदस्यीय ‘कोभिड–१९ आउट ब्रेक म्यानेजमेन्ट टीम’लाई विस्तार गरी १३ सदस्यीय बनाएको छ । अस्पतालले पछिल्लो १० भित्रमा रुघाखोकी तथा ज्वरो आएको, दुई हप्ताभित्र कोरोना जोखिम देशमा भ्रमण गरेका वा यस्ता यात्रुसँग सम्पर्क भएका व्यक्तिलाई अस्पतालको कोठा नम्बर २०१ मार्फत सेवा लिन आग्रह गरेको छ ।

अस्पतालका अनुसार हालसम्म २ जनाको नमूना परीक्षण गरिएकोमा नेगेटिभ देखिएको र बिहीबार थप एकजनाको नमूना परीक्षणका लागि केन्द्रिय प्रयोगशाला पठाइएको छ । अस्पताललको आफ्नो स्वास्थ्यप्रति चासो रहन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment