Comments Add Comment

विप्लवका केन्द्रीय सदस्य श्रेष्ठ रिहा

२९ फागुन,बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ (प्रज्वलन) रिहा भएका छन् । उच्च अदालत तुलसीपुर दाङको बुटवल इजलासको आदेशमा श्रेष्ठ रिहा भएका हुन् ।

यसअघि फागुन २० गते रुपन्देही जिल्ला अदालतले बम विष्फोटको मुद्दामा सफाइ दिए पनि प्रहरीले पुनः गिरफ्तार गरी भैरहवा कारागारबाट श्रेष्ठलाई नवलपरासी लगेको थियो । श्रेष्ठलाई पार्टीका स्थायी कमिटी सदस्य सुदर्शनसहित गत वर्ष चैत ९ गते काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले रिहा गर्न आदेश दिएपछि रुपन्देही ल्याइएको थियो । रुपन्देहीको सैनामैना स्थायी घर भएका श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका इमान्दार नेतामा गनिन्थे ।

श्रेष्ठ संविधान सभा सदस्य एवं चर्चित जेल ब्रेकर महिला नेतृ उमा भुजेलका पति हुन् । भुजेल भने प्रहरी हिरासतमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment