Comments Add Comment

यो हो दुनियाँको सबैभन्दा डरलाग्दो बिरालो

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ ।
नडराउने पनि कसरी ? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो न पर्‍यो ।

उक्त बिरालोको नाम Xherdan हो । स्विजरल्याण्डको रुटी भन्ने ठाउँमा रहेको यो बिरालोको उमेर ६ वर्षको छ ।

यो बिरालोको सरीरमा एउटा पनि रौँ छैन । र, यो बिरालो एउटा दुर्लभ रोगबाट पीडित छ ।

यो बिरालोको सरीरको छालामा अनगिन्ती मुज्जा परेका छन् जसका कारण बिरालोको सरीर निकै भयानक र कुरुप देखिन्छ ।

सान्ड्रा फिलिप नामकी महिलाले उक्त बिरालो पालेकी हुन् । ४७ वर्षकी सान्ड्राका अनुसार उनले त्यो भयानक बिरालो विश्वकै सबैभन्दा सुन्दर बिरालो हो अरे । तर अरु मानिसहरुले चाहीँ यसलाई एलियनको नामले पनि बोलाउँदछन् । जुन सुन्दा उनलाई निकै रिस उठ्दछ ।

यो बिरालो इन्स्टाग्राममा निकै लोकपि्रय छ । उसका २२ हजार भन्दा धेरै फलोअर्स रहेका छन् । एजेन्सीको सहयोगमा

हेरौँ यो बिरालोका केही तस्वीरहरु –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment