Comments Add Comment

शंकरदेव क्याम्पसको शुल्क ग्लोबल आइएमईबाट भुक्तानी गर्न मिल्ने

२९ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र शंकरदेव क्याम्पस बीच क्याम्पसका विद्यार्थीहरुले ईन्टरनेटको प्रयोग गरि विभिन्न माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री र शंकरदेव क्याम्पसका प्रमुख कृष्णप्रसाद आर्चायले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात, शंकरदेव क्याम्पसमा अध्यनरत सम्पूर्ण विद्र्यार्थीहरुले कलेजलाई भुक्तानी गर्नुपर्ने शुल्क अब बैंकको मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन ।

समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवालाई प्रर्वदन गर्ने उद्देश्य अनुसार ग्लोबल आइएमई बैंकले विभिन्न संघ संस्थाहरुलाई आफ्नो भुक्तानी संकलन गर्नका लागि प्रविधिमैत्री सुविधा उपलब्ध गराउँदै आईरहेको छ ।

शंकरदेवसंगको यस सहकार्य मार्फत सो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई शुल्क भुक्तानी गर्नकै लागि बैंक जानुपर्ने बाध्यता हट्ने छ भने विद्यार्थीहरुको समय पनि वचत हुने अपेक्षा राखिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकले देशैभर रेहेका शाखा सञ्जाल लगायत ३८ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २५६ एटिएम, २४९ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना १९ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment