Comments Add Comment

सूर्यविनायक–जडीबुटी सडक : नियम नयाँ, ढर्रा पुरानै

२९ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागुन १४ गतेदेखि सूर्यविनायक–जडीबुटी सडक खण्डमा ट्राफिक व्यवस्थापनका लागि नयाँ नियम लागु गरेको छ ।

बस लेन अवधारणमा आधारित नयाँ नियमअनुसार यस सडक खण्डमा यात्रुबाहक बस, मिनीबस तथा मालबाहक सवारी साधन बायाँ लेनबाट र निजी तथा साना सवारी साधन दायाँ लेनबाट मात्र चलाउने प्रबन्ध मिलाइएको घोषणा गरिएको थियो ।

उपत्यकाको सवारी आवागमनलाई थप सहज बनाउने र दुर्घटना न्यूनीकरणका लागि यो नयाँ नियम प्रभावकारी हुने प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बनेको समितिको सुझावका आधारमा नयाँ नियम लागु भएको थियो ।

नयाँ नियमको कार्यान्वनयनबारे बुझ्न बिहीबार अनलाइनखबर टोली सडकमा पुग्दा अवस्था पहिलेको भन्दा फरक देखिएन ।

नयाँ नियमअनुसार बस, मिनीबस, ट्रक, टिप्पर जस्ता सवारी साधनहरु सडकको बायाँबाट मात्रै गुड्नुपर्ने थियो । त्यस्तै कार, मोटरसाइकल, जिपजस्ता साना र निजी सवारी साधन सडकको दायाँतर्फबाट गुड्नुपर्ने थियो ।

तर, कोटेश्वर–सूर्यविनायक सडकमा ट्राफिकले देख्ने र मुख्य चोकमा मात्रै नयाँ नियम लागु भएको देखियो ।

मुख्यतः मोटरसाइकल चालकहरु नयाँ नियमबारे थाहै नभए जसरी सडकमा बत्तिरहेका देखिन्थे । नयाँ नियम मिच्नेमा मोटरसाइकल चालकहरु अग्रपंक्तिमा देखिन्थे । बस, मिनीबस, स्कुलका बसहरु, ट्रक, टिप्पर र कन्टेनरहरु पनि तोकिएको नयाँ नियम विपरीतका लेनमा गुडिरहेका देखिए ।

समान्यतः ट्राफिक प्रहरी रहने मुख्य चोक र यात्रु ओराल्ने ठाउँमा ती गाडीहरु नयाँ नियमअनुसार हिँड्थे भने अन्य स्थानमा बेपर्वाह जता मन लाग्यो, उतै बत्तिएका देखिन्थे ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment