 
																			मानिस र जनावरबीच फरक हुने विभिन्न कुराहरुमध्ये एक हो-रोग फैलने स्थितिमा मानिस आफ्नो सुरक्षाको लागि चिन्तित हुन्छ, तर जनावरहरु हुँदैनन् ।
मानिस मात्र एउटा त्यस्तो प्रँणी हो, जसले थाहा नपाइकनै आफ्नो हातले अनुहार छोइरहन्छ । तर हाम्रो त्यही बानीले कोरोना भाइरस अर्थात कोभिड-१९ जस्ता रोगहरु फैलन सहयोग पुर्याइरहेको हुन्छ । हामीले त्यस्तो किन गर्छौं ? अथवा के हामी हाम्रो यो बानीलाई रोक्न सक्छौं ? केही चर्चा गरौं ।
अनुहार छोइरहने बानी
हामी दिनभरमा आफ्नो अनुहार धेरै पटक छुन्छौं । सन् २०१५ मा अस्ट्रेलियामा मेडिकल अध्ययनरत युवा विद्यार्थीहरुमाथि एउटा अध्ययन गरिएको थियो । जसबाट के कुरा थाहा भयो भने मेडिकलका विद्यार्थीहरुले पनि आफूहरु स्वंयलाई त्यस्तो बानीबाट बचाउन सकेका थिएनन् ।
शायद मेडिकलका विधार्थीहरुलाई त्यसबाट उत्पन्न हुने खतराहरुका कारण धेरै जागृत हुनु पर्ने थियो । तर उनीहरुले पनि कम्तिमा एक घण्टामा २३ पटक आफ्नो अनुहारलाई छोए । उनीहरुले छुने अंगहरुमा मुख, नाम र आँखा समावेश छन् ।
सामाजिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरु, जसमा विश्व स्वास्थ्य संगठन पनि समावेश छ, उनीहरुले पनि अनुहार छुने बानी खतरनाक हो भन्ने मान्दछन् । त्यसैले कोभिड-१९ संग सम्बन्धित सल्लाहमा हात सफा राख्न र हातहरु धुनमा जोड दिएको छ ।
हामी किन त्यस्तो गर्छौ ?
मानिस र केही स्तनधारी जीवहरुले आफूलाई त्यस्तो गर्नबाट रोक्न सक्दैनन् । यो हाम्रो विकासक्रमको एउटा पाटो हो भन्ने जस्तो लाग्छ ।
केही प्रजातिहरु आफ्नो अनुहारलाई छोएर कीराहरुलाई हटाउने कोशिश गर्छन् । तर मानिस र अन्य स्तनधारी जीवहरु अन्य कारणहरुले पनि अनुहार छुने गर्छन् ।
अमेरिकास्थित यूसी बार्कले यूनिभर्सिटीका मनोविज्ञानका प्रोफेसर डाचर केल्टनर भन्छन्-‘कहिलेकाहिं त्यस्तो काम एक प्रकारले आफुलाई सुम्सुमाउनका लागि गरिन्छ । कहिलेकाहि हामी अन्जानमै पनि आफ्नो हातले अनुहार छुन्छौं ।’
त्यस्तै विहेभियरल साइन्सको क्षेत्रसंग सम्बन्धित अर्का विशेषज्ञका अनुसार आफुलाई छुनु आफ्नो भावनाहरुलाई नियन्त्रण गर्नु र ध्यान केन्दि्रत गर्नुसंग सम्बन्धित हुन्छ ।
जर्मनीको लिपजिग यूनिभर्सिटीका मनोवैज्ञानिक मार्टन ग्रनवाल्ड भन्छन्-‘यो हाम्रो जातिको मुख्य व्यवहार हो । यी व्यवहारहरुले सम्पूर्ण भावनात्मक प्रक्रियाहरुमा महत्वपूर्ण भुमिका निभाउँछन् । यो सबै मानिसहरुमा हुन्छ । आफ्नो अनुहार छोइरहने बानीले विभिन्न किसिमका फोहोर कुराहरु हाम्रो आँखा, नाम र मुख हुँदै हाम्रो शरीरका भिन्दा-भिन्दै अंगहरुमा पुग्ने समस्या हुन्छ । उदाहरणका लागि कोभिड-१९ संक्रमित व्यक्तिको मुखबाट निस्केको थुकको छिट्टाबाट अरु मानिससम्म पुग्छ । तर यदि हामीले कुनै त्यस्तो कुरा छुन्छौं, जसमा भाइरस खसेको छ भने पनि यसबाट पनि भाइरस फैलन सक्छ ।’
विशेषज्ञहरुले अहिले पनि भाइरसका त्यस्ता नयाँ स्ट्रेनमा सर्वेक्षण गरिरहेका छन् । तर कोरोना भाइरस कुनै ठाउँमा खसेपछि पनि ९ दिनसम्म बाँचिरहन्छ भन्ने मानिन्छ ।
भाइरसको लामो उमेरको खतरा
भाइरस लामो समय बाँचिरहने भएका कारणले गर्दा हामीले आफ्नो अनुहार छुनु खतरनाक हुन सक्छ । सन् २०१२ मा अमेरिका र ब्राजीलमा गरिएका सर्वेक्षणमा सामान्य मानिसले सार्वजनिक ठाउँको सामानहरुलाई एक घण्टामा तीन पटक भन्दा बढि पटक छोएको पाइयो । यी व्यक्तिहरुले आफ्नो हातले आफ्नो मुख र नाक हरेक घण्टामा ३ देखि ६ पटक लिएर गएको पाइयो ।
केही स्वास्थ्य विशेषज्ञहरुका अनुसार बारम्बार मुख छुनुका कारण नै फेस मास्क लगाउनु परेको हो । किनभने यसो गर्नाले तपाईंलाई एक प्रकारको सुरक्षा कवच प्राप्त हुन्छ ।
लिड्स यूनिभर्सिटीका प्रोफेसर स्टेफेनग्रिफिनका अनुसार मास्क लगाउनाले मानिसहरुले आफ्नो अनुहार छुने सम्भावना कम हुन्छ र संक्रमित हुनुको ठुलो कारण भनेको फोहोर हातले अनुहार छुनु हो ।
हामी के गर्न सक्छौ ?
त्यस्तो कुन कदम होला जसले हामी आफ्नो हातले अनुहार छुने संख्या कम गर्न सक्छौं ? बेलायतका पूर्व प्रधानमन्त्री डेविड क्यामरुनका सहयोगी रहेका कोलम्बिया यूनिभर्सिटीका प्रोफेसर र विहेभियरल साइन्सका विशेषज्ञ माइकल हलस्वर्थका अनुसार त्यस्तो नगर्नु भन्न सजिलो हुन्छ तर यो सल्लाहलाई अमल गर्न गाह्रो हुन्छ।
हलस्वर्थले बीबीसीलाई बताए अनुसार मानिसलाई जुन काम अञ्जानमा हुन्छ, त्यसलाई नगर्न भन्नु भन्दा उनीहरुलाई आफ्नो हात बारम्बार धुनु पर्छ जसकारण उनीहरुले आफ्नो अनुहार कम छुन्छन् ।
त्यस्तै हलस्व्ार्थका अनुसार केही त्यस्ता कुराहरु छन्, जसले तपाईंको सहयोग गर्न सक्छ । हामीले आफ्नो अनुहार कति पटक छुन्छौं ? भन्ने कुरा थाहा हुनु ती मध्ये एक हो ।
अनुहार छुने आवश्यकता कहिले पर्छ ?
विहेभियरल साइन्स विशेषज्ञले हामीलाई हामी आफ्नो अनुहार किन छुन्छौं ? भन्ने कुरा थाहा हुनु पर्छ भन्ने कुराको सल्लाह दिन्छन् ।
हलस्वर्थ यसलाई बुझाउने क्रममा भन्छन्-‘यदि हामीलाई त्यस्ता स्थितिहरु, जसले अनुहार छुने आवश्यकता महसुस हुन्छ भन्ने कुराको बारेमा पहिचान भयो भने हामी त्यस्तो मौकामा आवश्यक कदम उठाउन सक्छौं । जुन व्यक्तिले आफ्नो आँखालाई छोइरहने बानी छ, उसले आँखामा घाममा लगाउने चस्मा लगाउन सक्छ अथवा अब आफुले अनुहार छुन्छु भन्ने लाग्नासाथ हातलाई केही अरु काममा व्यस्त राख्न सकिन्छ ।’
अनुहारमा हात नलैजानुको अर्थ यसलाई किटाणुयुक्त बनाउनु पनि होइन, सधैं हात सफा राख्नु पर्छ ।
यसको साथै तपाईंले आफुलाई सम्झना राख्नका लागि नोट पनि बनाउन सक्नु हुन्छ ।
यदि कसैले आफ्नो त्यस्तो बानी जसलाई उसले चाहेर पनि रोक्न सक्दैन भन्ने कुरा थाहा छ भने उसले आफ्नो आफन्त अथवा साथीभाईलाई त्यस्तो बानी गर्दा कराउन अथवा गाली गर्न भन्न सक्छ भन्ने हलस्वर्थ मान्छन् ।
पञ्जा कस्तो विकल्प हो ?
आफुलाई सम्झना गराउनका लागि पञ्जा लगाउनु पर्छ भन्ने एउटा प्रश्न उठ्छ । यो गलत तरिका हो, यसको सजिलो जवाफ हुन्छ । जबसम्म पञ्जा बारम्बार सफा गरेर किटाणुमुक्त गरिँदैन, यो झन् हानिकारक हुन सक्छ ।
हात धुनु सबैभन्दा राम्रो विकल्प
वास्तवमा सही ढंगले हाथ धुनु भन्दा राम्रो विकल्प अरु कुनै हुँदैन । यसको साथै सजगता पनि आवश्यक छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहोम घेब्येयियसले एउटा संवाददाता सम्मेलनमा भनेका छन्-‘ हामीले भ्याक्सिन अथवा चिकित्सा विज्ञानको प्रतिक्षा गर्नु पर्ने आवश्यक छैन, यी कुराहरुको सहयोगले हरेक व्यक्ति आफ्नो र अरुको सुरक्षा आफैं गर्न सक्छ ।’
बीबीसीबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4