Comments Add Comment

इन्स्टाग्राममा पलले आँचललाई किन अनफलो गरे ?

पल शाहको फ्यान क्रेज लोभलाग्दो छ । सामाजिक संजालमा पनि उनलाई पछ्याउनेको संख्या गज्जबको छ । सामाजिक संजाल इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या डेढ लाख छ । पलको यो लोभलाग्दो फ्यान क्रेजले पनि उनको स्टारडम कस्तो छ भनेर वुझ्न सकिन्छ ।

पलले सामाजिक संजाल इन्स्टाग्राममा भने निकै कमलाई मात्र पछ्याएका छन् । उनले केही समय अघिसम्म १० जनालाई फलो गरेका थिए । अहिले यो संख्या ७ मा झरेको छ । अचम्मलाग्दो कुरा त के छ भने, पलले केही समय अगाडिसम्म नायिका आँचल शर्मालाई पनि फलो गरेका थिए । आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् ।

तर, अहिले पलले आँचललाई अनफलो गरेका छन् । आँचलको सूचीमा पनि पलको नाम हटेको छ । नायिका आँचल शर्माले बिहिबार मात्र प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् । आँचलको बिहे पक्का भएसँगै पलले उनलाई अनफलो गरेका हुन् ।

पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी भन्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment