Comments Add Comment

एक वर्षमै बिके १७ करोड हेडफोन

वेयरेबल्स बजारमा एप्पल पहिलो स्थानमा

हेडफोनलगायतका विभिन्नखाले ग्याजेटमा एप्पल कम्पनीको बोलवाला देखिएको छ ।

मार्केट रिसर्च फर्म आइडिसीले जारी गरेको रिपोर्ट अनुसार सन् २०१९ मा विश्वको वेयरेबल्सको बजारमा एप्पलले उल्लेखनीय वृद्धिदरसहित सर्वाधिक हिस्सा ओगट्न सफल भएको हो ।

बितेको वर्ष एप्पलले आफ्ना १० करोड ६५ लाख थान वेयरेबल ग्याजेट बिक्री गर्न सफल भएको छ ।

एप्पलले यस वर्ष ल्याएको एयरपड्स प्रो तथा एप्पल वाचप्रति उपभोक्ताहरूको अत्यधिक आकर्षण देखिँदा एप्पलले वेयरेबल्स मार्केटमा ३१.७ प्रतिशत हिस्सा ओगट्न सफल भएको हो । जुन गत वर्ष भन्दा १२१.७ प्रतिशतले बढी हो ।

दोश्रो स्थानमा चिनिया कम्पनी शाओमी रहेको छ । शाओमीको बजार हिस्सा १२.४ प्रतिशत रहेको छ । शाओमीले ४ करोड १० लाख गोटा वेयरेबल्स बेच्न सफल भयो ।

९.४ प्रतिशत बजार हिस्सा सहित तेश्रो स्थानमा रहेको सामसुङले ३ करोड भन्दा धेरै वेयरेबल्स बेच्न सफल रहँदा ८.३ प्रतिशत बजार हिस्सासहित हुवावे चौथो स्थानमा रहेको छ । हुवावेले २ करोड ७९ लाख गोटा वेयरेबल्स बेचेको छ । त्यस्तै, फिटबिट पाँचौं स्थानमा रहेको छ । जसको बजार हिस्सा ४.७ प्रतिशत रहेको छ । फिटबिटले गत वर्ष १ करोड ५९ लाख गोटा स्मार्ट वेयरेबल्स ग्याजेट बेच्न सफल भएको छ ।

अन्य विभिन्न कम्पनीका ग्याजेटहरूले समग्रमा ३३.७ प्रतिशत बजार हिस्सा ओगटेका छन् । संख्यामा भन्नु पर्दा टप फाइभ बाहेकका गरी अन्य कम्पनीका कूल ११ करोड ३५ लाख गोटा वेयरेबल्स बिक्रि भएका छन् ।

आईडीसीको रिपोर्ट अनुसार, सन् २०१९ मा विश्व बजारमा कूल ३३ करोड ६५ लाख गोटा वेयरेबल ग्याजेट बिक्री भएका छन् ।

सबैभन्दा धेरै बिक्री हुने वेयरेबल्समा ५५ प्रतिशत हिस्सासहित हेडफोन पहिलो स्थानमा रहेको छ । अर्थात् गत वर्ष १७ करोड थान हेडफोन बिक्री भए ।
दोस्रो स्थानमा स्मार्टवाच र तेस्रो स्थानमा स्मार्ट ब्याण्ड रहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment