+
+
Shares

चितवनमा दिनदहाडै ९ लाख रुपैयाँ लुट

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १५:२७

३० फागुन, काठमाडौं । पूर्वी चितवनको खैरहनीमा एक ब्यक्ति दिनदहाडै लुटिएका छन् । खैरहनी नगरपालिका ८ पर्सा बजार क्षेत्रमा गुल्मीका नारायण घर्तीको ९ लाख रुपैयाँ लुटिएको हो ।

भरतपुरको साइन रेसुंगा विकास बैंकबाट निकालेको रकम लुटिएको घर्तीले बताए । जग्गा खरिदको लागि खैरहनीकै एक व्यक्तिसँग सम्पर्क भएअनुसार घर्ती र उनका साथमा पदम घर्ती रकम लिएर खैरहनी आएका थिए ।

फोनमा भनेअनुसारको स्थानमा पुग्दा दुईजना व्यक्ति आएर रकम लिएको र लगत्तै भागेको पदम घर्तीले बताए । घटनाको बिषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?