Comments Add Comment

नेपाल एयरलाइन्सले दिल्ली उडान घटायो

३० फागुन, काठमाडौं । नेपाल एयरलाइन्सले भारतको राजधानी नयाँ दिल्लीमा निर्धारित उडान कटौती गरेको छ । दैनिक दुई उडान भइरहेको यस रुटमा अब आइतबारदेखि मात्र एक उडान दैनिक हुने भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण यात्रुको संख्यामा कमी आएका कारण नेपाल एयरलाइन्सल विभिन्न रुटमा आफ्नो उडान तालीका परिवर्तन गरेको छ । त्यसमध्ये काठमाडौं-दिल्ली उडान अब दैनिक एउटा मात्र हुने भएको छ ।

‘दिल्ली- काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिनेछ । अब विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ,’ नेपाल एयरलाइन्सद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाल एयरलाइन्सले बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरेको छ । मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अपि्रलसम्म स्थगित गरिएको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ । थाइल्याण्डको बैंककमा मार्च ११ र मार्च २५ को उडान रद्द गरिएको छ । हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ ।

यता, काठमाडौं दोहा उडान फागुन २७ गते देखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । यी उडानका टिकट खरीद गरेका यात्रुले टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध हुने भएको छ ।

टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment