Comments Add Comment

चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान

२ चैत, काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोना भाइरससँग सम्बन्धित विषयले नै आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान’ शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचार अनुसार चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब २ हजार यात्रु बाहिर गइरहेका छन् ।

नयाँ पत्रिकाका अनुसार बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन् । शुक्रबार नेपाल आएकामध्ये सात सय विदेशी हुन् । विदेशीमध्ये पनि तीन सय भारतीय हुन् ।

आइतबारदेखि भने सरकारले नेपाल आउने सबै विदेशीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । उनीहरूलाई विमानस्थलबाट सीधैं क्वारेन्टाइनमा लगिने समाचारमा उल्लेख छ ।

कोरोनाको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरिरहेको तयारीबारे पनि नयाँ पत्रिकाले चर्चा गरेको छ ।

भारतले कोरोना संक्रमणको जोखिम घटाउन भन्दै नेपालसँगका प्रमुख ४ बाहेकका नाका बन्द गरेको खबर कान्तिपुरले छापेको छ । भारतको गृह मन्त्रालयले शुक्रबार दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगञ्ज, भैरहवा, महेन्द्रनगर र काँकडभिट्टामात्र खुला राख्ने निर्णय गरेको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई संघले कानून मिचेर सरुवा गरिरहेको अर्को खबर पनि कान्तिपुरमा छ ।

समाचार अनुसार समायोजन टुंगिएको वर्ष दिन हुन लाग्दा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहका कर्मचारीलाई चलाइरहेको छ ।

सार्क नेताबीच आज भिडियो वार्ता हुन लागेको खबर अन्नपूर्णमा छ ।

०७१ मा १८ औं शिखर सम्मेलनपछि सार्कका गतिविधि शून्यजस्तै छ । आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क व्युँताउने रणनीतिका रूपमा हेरिएको छ ।

एसईई नरोक्न शिक्षाविद्लगायतले गरेको आग्रहलाई पनि आज अन्नपूर्णले समाचार बनाएको छ ।

राजधानीले सरकारी अस्पतालभित्रका बेथितिको चिरफार गरेको छ भने गोरखापत्रले सार्क राष्ट्रहरूको भिडियो सम्मेलनबारे मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment