Comments Add Comment

होमोप्याथीबाट कोरोना भाइरसको उपचार सम्भव छ ?

भारतको वैकल्पिक उपचारको पद्धति तथा दाबीलाई बढावा दिँँदै आएको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म होमोप्याथीबाट कोरोना भाइरस कोभिड–१९ को उपचार सम्भव रहेको दाबी गरेको छैन । तर, भारतमा निरन्तर कोरोना भाइरसको उपचार होमोप्याथीमा रहेको हल्ला फैलिइरहेको छ ।

मन्त्रालयले गत जनवरी २९ मा एक प्रेस विज्ञप्ती जारी गर्दै यसमा कोरोना भाइरसको केही लक्षणको उपचारको लागि होमोप्याथीमा केही उपचार सम्भव रहेको बताएको थियो । ‘कोरोना भाइरस संक्रमणको लक्षण रोक्न होमोप्याथी, युनानी चिकित्सा उपयोगी’ भन्ने शीर्षकसहित मन्त्रालयले उक्त विज्ञप्ती सार्वजनिक गरेको थियो ।

यो विज्ञप्तीमा कोरोना भाइरसबाट बच्नका लागि सफाईमा विशेष ध्यान दिनु जरुरी हुन्छ । साथै यसको संक्रमणबाट बच्न होमोप्याथीको आर्सेनिकम एल्बम ३० औषधि लिन सल्लाह पनि दिइएको छ ।

होमोप्याथीको सिद्धान्त अनुसार अत्यधिक पानीसँग कुनै चीज खाँदा त्यो पेटमा पुगेपछि मानिसको ‘मेमोरी’ले शरीरको रोग प्रतिरक्षा प्रक्रिया सुरु गर्न सक्छ । आयुष मन्त्रालयले जुन ३० सी डाइल्याशनको कुरा गरेको थियो, त्यस अनुसार सामान्य रुपमा पेटमा पुगेपछि आर्सेनिकमको अणु शून्य हुन्छ ।

आर्सेनिक ट्राइअक्साइडलाई अधिक मात्रामा डाइल्युट गर्ने हो भने आर्सेनिकम पाइन्छ । होमोप्याथीमा धेरै लक्षणको उपचारको लागि यसको प्रयोग हुन्छ । ३० डाइल्यँसनपछि आर्सेनिकम पाइन्छ, यसमा आर्सेनिकको कुनै वास्तविक अणु हुँदैन । त्यसैले यसलाई सुरक्षित तर प्रभाव देखाउन नसक्ने मानिन्छ ।

मन्त्रालयले यो उक्त विज्ञप्तीको आलोचना भएसागै आयुषमन्त्री श्रीपद नाइकले गत साता विज्ञप्तीले प्रतिरक्षा क्षमता बढाउने मात्र दाबी गरेको बताएका थिए । उनले यसले कोरोना भाइरसको जीवाणु नष्ट गर्नसक्ने दाबी नगरेको बताए ।

मन्त्रालयले सामान्य हिसाबमा सल्लाहको रुपमा विज्ञप्ती जारी गरिएको बताएको छ । यो कुनै उपचार नरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले आफ्नो पहिलो विज्ञप्तीको खण्डन आफैंले गरेको भए पनि भारतीय सञ्चारमाध्यमले भने यसको आलोचना गरेका छन् ।

द हिन्दू अखबारले मन्त्रालयको पहिलो विज्ञप्तीलाई निकै गैर–जिम्मेवार बताएको थियो । यसरी विज्ञप्ती जारी गर्दा मानिसले भाइरस संक्रमित भए पनि आफैं औषधि किनेर खानसक्ने र यसबाट भाइरसको संक्रमण फैलिने सम्भावना धेरै रहेको पत्रिकाले उल्लेख गरेको थियो ।

मन्त्रालयको पहिलो विज्ञप्तीको विषयमा समाजिक सञ्जालमा भाइरल भइरहेको छ । मानिसहरुले यसलाई साँचो जानकारी मानेर सेयर गरिरहेका छन् । वाट्सएपमा मानिसहरुले कोरोना भाइरसको औषधि पत्ता लागेको भन्ने सन्देश फैलाइरहेका छन्।

अहिलेसम्म यसले भाइरस संक्रमण रोक्ने वा कम गर्नको लागि आर्सेनिकम एल्वम ३० को कहिले पनि परीक्षण नगरिएकाले यस किसिमको सन्देश गलत रहेको बताइएको छ ।

यसको साथै भारतमा होमोप्याथिक उपचारको माग पनि बढेको छ । इण्डियन एक्सप्रेस अखबारमा प्रकाशित एक प्रतिवेदनअनुसार भारतको दक्षिणी तेलंगना राज्यमा ३५०० मानिसलाई होमोप्याथीको ११ हजार ५०० औषधि वितरण गरिएको छ ।

औषधि वितरणको समयमा पनि चिकित्सा अधिकारले यो औषधि कोरोना भाइरसको लागि मात्र नभई सबै प्रकारको इन्फ्लुएन्जाको लागि काम लाग्ने बताएका थिए । यसमा कुनै किसिमको साइड इफेक्ट नहुने भएकाले पनि धेरै मानिसले यो औषधिको प्रयोग बढाएको अधिकारीहरुले बताएका छन् ।

आयुष मन्त्रालय भारतीय पारम्परिक उपचार पद्धति र औषधिलाई बढावा दिने काम गर्दै आएको छ । यसमध्ये धेरै औषधि आध्यात्मिक विश्वासमा आधारित छन् । हिन्दुवादी राजनीतिलाई बढावा दिएको भन्दै यसको आलोचना हुँदै आएको छ ।

अहिलेसम्म कोभिड–१९ को कुनै उपचार पत्ता लागेको छैन । भारतबाट फैलिएको यो हल्ला बेलायत, घाना र अन्य धेरै स्थानमा पनि उल्लेख्य मात्रामा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment